जिम्मेवारी हेरफेर तयारी : ओलीको चीन भ्रमणपछि परराष्ट्रमन्त्रीमा उपेन्द्र यादव !
काठमाडौं, २८ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण लगत्तै उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवको जिम्मेवारी हेरफेर हुने भएको छ ।
समाचार स्रोतका अनुसार मन्त्री यादवलाई ओलीको चीन भ्रमणपछि परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ । यसबारेमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि समझदारी भैसकेको छ ।
अनुभवी तथा ठूला कदका नेता भएका कारण यादवकै चाहनामा उनलाई पराराष्ट्र दिन लागिएको बुझिएको छ । समझौता गर्ने बेला पनि पछि जिम्मेवार हेर गर्न सकिने सहमती कुकारनी भएको थियो ।