Logo
१ माघ २०८१, मंगलबार
(June 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यो सरकारले भ्रष्टाचारलाई एकदेशको कथा बनाइदिनेछ : मन्त्री बास्कोटा

काभ्रे, २८ जेठ : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले भ्रष्टाचार एकदेशको कथा बनाइदिने बताएका छन् । काभ्रेको एक कार्यक्रममा सहभागी भएका मन्त्री बास्कोटाले अराजकता, ढिला सुस्ती, अनावश्यक खर्च र विभिन्न खाले सिन्डिकेटको अन्त्य गर्ने भन्दै अब पत्रकारिता भित्रको सिण्डिकेट समेत खतम पारिदिने बताए ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले भने, ‘कृषि पर्यटन, ऊर्जा विकासका पिलर सरकारको प्राथामिकतामा छन् । हाल ५ प्रतिशत रहेको आर्थिक वृद्धिदर एक वर्षमा ८ प्रतिशत पुर्‍याउने हाम्रो लक्ष्य हो । हामी त्यो लक्ष्यमा पुग्ने छौ । म फेरि पनि भन्छु भ्रष्टाचार एकादेशको कथा यही सरकारले बनाउने छ ।’

मन्त्री बास्कोटाले सरकारले कुनै चमक, धमकभन्दा पनि आर्थिक अनुसान र विकासको कुरामा विश्वास गर्ने दावी समेत गरेका छन् । सरकारले चुनावी नारा बिर्सेर वृद्ध भत्ता नै बिर्सेको भनेर प्रचार गर्नेले स्वास्थ्य बीमा थपिएको कुरामा खुसी हुनसक्नु पर्ने बताए ।

‘हामीले नवयुगको प्रारम्भ गरेका छौं, यो नवयुगलाई सुनौलो बताउनु पर्छ,’ उनले भने, ‘आमनागरिकको सुरक्षा, भ्रष्ट्रचारमुक्त राज्य, सुशासन, समृद्धि नै मुख्य दायित्व हो, देश अब समाजवाद तर्फ उन्मुख बन्दै छ, कसैले भने जस्तो तानाशाह होइन्, संविधानमा उल्लेख भए जस्तो समाजवाद हो ।’

मन्त्री बासकोटाले सोमबार मण्डनदेउपुरमा एकीकृत सूचना प्रविधि केन्द्रको शुभारम्भ र हिंगुवापाटी- दोलालघाट सडक पुनःनिमार्णको शिलान्यास गरेका छन् । नेपालमा नै पहिलो पटक स्थानीय तहलाइ सूचना, प्रविधिमा सक्षम बनाउनका लागि एकीकृत सूचना प्रविधि केन्द्रको विकास गरिएको सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद शाहले बताए ।

जन्म, मृत्यु , विवाह, ट्याक्स लगायतको सेवा अब स्थानिय तहबाट सञ्चालन गर्न सकिने गरी यो परियोजना मन्त्रालयले काभ्रेको मण्डनदेउपुरबाट सुरु गरेको हो । मन्त्री बास्कोटाले, सूचना प्रविधिको विकासका लागि सरकारले गरेका लगानीमा ढुसी, धुलो पर्न नदिन आग्रह गरेका थिए ।

प्रकाशित मिति: Jun 11, 2018

प्रतिक्रिया दिनुहोस्