सुनको मूल्य १०० रुपैयाँले बृद्धि , प्रति तोला ५८ हजार पाँच सयमा कारोबार
काठमाडौं : सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । सुन प्रति तोला ५८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार दुई सय रुपैयाँ छ ।यस्तै ,चाँदी प्रतितोला ७८५ रुपैयाँमा कारोबार भइरहेको छ ।