Logo
१ माघ २०८१, मंगलबार
(June 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशको नाम तय गर्न माग्दै कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध

काठमाडौं, २७ जेठ : प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रदेश ४ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । प्रदेशसभाको नामसम्वन्धी प्रतिवेदनमाथि छलफलको माग गर्दै कांग्रेस बैठक अवरुद्ध गरेको हो ।

आइतबारको प्रदेशसभा बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरे । संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले नाम नटुंग्याएसम्म सदन चल्न नदिने बताए ।

बजेट आउनुअघि नै प्रदेशको नामबारे टुंगो लगाउनु पर्ने कांग्रेसको माग छ । १२ चैतमा गठित नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले जेठ २१ गतेको बैठकमा उपयुक्त नामलाई प्राथमिकीकरण गरी प्रदेशसभामा प्रतिवेदन बुझाएको छ ।

२ बजेका लागि डाकिएको बैठक सहमति जुट्न नसकेपछि पौने ५ बजेमात्रै सुरु भएको थियो । तर, बैठकको सुरुमै कांग्रेसका सांसदहरु उठेर विरोध जनाए ।

तर, नियतबश नामका बिषयमा छलफल नचलाइएको कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । कांग्रेस सांसदहरुको नाराबाजीपछि बैठक स्थगित गरिएको छ ।

 

प्रकाशित मिति: Jun 10, 2018

प्रतिक्रिया दिनुहोस्