Logo
१ माघ २०८१, मंगलबार
(June 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्यकारी राष्ट्रपतिमा अल्मलिने अहिले नै बेला होइन : प्रचण्ड

बिराटनगर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकारी राष्ट्रपतिको विषयमा अहिले अल्मलिने बेला नभएको बताएका छन् । विराटनगरमा आइतबार पत्रकारसँगको कुराकानीमा उनले अहिलेको स्थिर सरकारले मुलुकको विकास, समृद्धि र सुशासन कायम गर्ने बेला भएको बताए।

कार्यकारी राष्ट्रपतिको एजेण्डा आउँदो निर्वाचनका बेलामा छलफल हुन सक्ने दाहालले बताए। सत्य निरुपण तथा मेलमिलाप आयोगले शान्ति प्रकृयासँग सम्बन्धित बाँकी काम पूरा गर्नु पर्ने उनको भनाई छ। ‘आयोगको काम जुन गतिका साथ अघि बढनु पथ्र्याे त्यसमा ढिलाई भएको हो,’ उनले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगलाई शान्ति प्रक्रियासँग सम्बन्धित सबै काम पूरा गर्न सरकारले समय थप गर्छ।’

निर्माण कम्पनीहरुले समयमा गुणस्तरीय काम गर्न एकाधिकार कायम भएका क्षेत्रहरुको एकाधिकार तोड्नका लागि गृहमन्त्रीलाई आग्रह गरेको अध्यक्ष दाहालले बताए। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिलाई समायोजन गर्दा महंगी बढेको उनले दाबी गरेका छन्। राष्ट्रिय जनता पार्टीलाई सरकारमा सहभागी गराउने बारे एकचरण छलफल भएको र अब पून: छलफल हुने दाहालले बताए।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग पार्टी एकीकरणको विषयमा छलफल भएको तर अहिले तत्काल त्यसको संभावना नभएको उनले सुनाए। ‘संघीयताको पहिलो अभ्यास भइरहेकोले केही जटिलता र अप्ठयारोहरु अस्वभाविक होइन,’ उनले भने, ‘कतिपय बिगतका बहुवर्षीय योजनाहरुको ठेक्का पहिले नै भइसकेको अबस्थामा संघ, प्रदेश र स्थानीय तह कसले के हेर्ने विषयहरु बिस्तार ऐन बन्दै गएपछि सबै स्पष्ट हुन्छ।’

उनले संघीयताको विषयमा राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रको बुझाइमा एकरुपता ल्याउनु पर्ने अबस्था रहेको बताए।प्रदेश २ मा अहिले नै तत्काल बामपन्थी सरकार बनाउनु भन्दा सुशासन र विकासमा लग्ने पहिलो प्राथमिकता भएको दाहालले बताए। संघीय समाजवादी र राजपाको गठबन्ध टुटेपछि प्रदेश २ मा बामपन्थीले सरकार बनाउने उनको भनाई थियो।

प्रकाशित मिति: Jun 10, 2018

प्रतिक्रिया दिनुहोस्