Logo
१ माघ २०८१, मंगलबार
(June 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि प्रतिनिधिसभामा मन्त्रालयगत रुपमा बजेटमाथि छलफल

काठमाडौँ : आजदेखि प्रतिनिधिसभाको बैठकमा बजेटमाथि मन्त्रालयगत रुपमा छलफल सुरु हुँदैछ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटमाथि मन्त्रालयगत रुपमा छुट्याइएको बजेटमाथि अब संसदमा बिस्तारमा छलफल हुनेछ ।

कार्यसूचि अनुसार आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र खानेपानी मन्त्रालयका लागि छुट्याइएको बजेटमा छलफल हुनेछ । यस्तै गरी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको बजेटमाथि पनि आइतबार नै छलफल हुने तयारी छ ।

संघीय संसद सचिवालयले बजेटको मन्त्रालयगत छलफलको सम्भावित कार्यसूचि प्रकाशित गरिसकेको छ । यस्तो छलफलका लागि ६ दिनको समय छुट्याइएको छ । यस्तै सोमबार सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयका लागि छुट्याइएको बजेटमा छलफल हुने कार्यसूचि छ ।

जेठ २९ गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शहरी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको बजेटमा छलफल हुनेछ । जेठ ३० गतेका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेटमा छलफल हुने सम्भावित कार्यसूचि छ ।

यसैगरी जेठ ३१ गते उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका लागि छुट्याइएको बजेटका बारेमा छलफल हुनेछ ।

यस्तै असार १ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवम् उपराष्ट्रिपतिको कार्यालयका लागि छुट्याइएको बजेटमाथि छलफल हुनेछ ।

प्रकाशित मिति: Jun 10, 2018

प्रतिक्रिया दिनुहोस्