Logo
२ मंसिर २०८१, आईतबार
(June 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जन्मथलोको सिस्ने धारोको पानी खाने र खोलाको पानीले खुट्टा पखाल्ने डा. देवकोटाको इच्छा पुरा

काठमाडौँ, २६ जेठ  :  प्रा.डा.उपेन्द्र देवकोटाले इच्छा राखेका आफ्नो जन्मथलोमा गएर सिस्ने धारोको पानी खाने र स्थानीय खोलाको पानीले खुट्टा धुने इच्छा पुरा भएको छ ।

गोरखाको पालुङ्गटार नगरपालिका–३, बोहरागाउँस्थित जन्मघरमा डा.देवकोटाले शनिबार करिब ४५ मिनेट बिताए । उनले स्वयं आफ्नो इच्छाको रुपमा त्यो आग्रह गरेका थिए ।

‘उहाँको जन्म थलो गएर सबैसँग भेटी धारोको पानी खाने र खोलाको पानीले खुट्टा पखाल्न इच्छा पुरा भएको छ ।’ देवकोटा सँगै गएका डा. सञ्जय कार्कीले भने, ‘न्युरो अस्पताल काठमाडौंबाट गोरखा पुगेर भेटघाट गर्दासम्म स्वास्थ्य स्थिति ठिक छ ।’

उनलाई भेट्न स्थानीय जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो । कार्कीका अनुसार डा. देवकोटालाई जन्मघरबाट हेलिप्याडसम्म ल्याएर पुन: काठमाडौं ल्याइएको छ ।

प्रकाशित मिति: Jun 9, 2018

प्रतिक्रिया दिनुहोस्