१६ यात्रु सहित चालक दलका २ सदस्य सवार तारा एयरको जहाज दुर्घटना
सुर्खेत : नेपालगञ्जबाट जुम्लातर्फ उडेको तारा एयरको जहाज शनिबार दिउँसो धावनमार्गमा दुर्घटनामा परेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।
जहाज अवतरणका क्रममा टायर पञ्चर भएर अनियन्त्रित भइ दुर्घटना भएकाे विमानस्थल प्रमुख कैलाश खड्काले बताए । विमान रनवेदेखि दक्षिण पश्चिम भागकाे तार जालीमा ठाेकिएकाे थियाे ।
जहाजमा १६ यात्रु र चालक दलका दुई सदस्य थिए। उनीहरु सबै सकुशल रहेको खड्काले बताए । विमानकाे अगा८ीकाे भाग ठाेकिएकाे छ । अहिले विमानस्थल सञ्चालनमा अाइसकेकाे छ ।