Logo
१ माघ २०८१, मंगलबार
(June 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा रहेका दलहरुले राजनीतिलाई अपराधीकरणतर्फ उन्मुख गराए : कमल थापा

मकवानपुर, २५ जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा रहेका दलहरुले राजनीतिलाई अपराधीकरणतर्फ उन्मुख गराएको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको आयोजनामा हेटौंडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने कानुन बन्नु अत्यन्तै आपत्तिजनक र भत्सर्नायोग्य भएको बताउनुभयो ।

फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन नहुने गरी नियमावली पारीत गर्नु यसैको उदाहरण रहेको उहाँको जिकिर छ ।

यसले झनै अपराधीकरणलाई प्रोत्साहन गर्ने, र अपराधीहरु राजनीतिमा क्रियाशील हुने देखिएकाले देश अराजकतातर्फ धकेलिने बताउनुभयोे ।

अध्यक्ष थापाले कांग्रेसलाई पनि राप्रपाको कित्तामा आउन आह्वान गर्दै कांग्रेसले बेलैमा आफ्नो वैचारीक कित्ता स्पष्ट नगरे प्रजा परिषदको हैसियतमा पुग्ने दाबी गर्नुभयो ।

प्रकाशित मिति: Jun 8, 2018

प्रतिक्रिया दिनुहोस्