Logo
१ माघ २०८१, मंगलबार
(June 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादव र अर्यालबीच खटपट : ‘पेन्डुलम’ मा पारिएको राज्यमन्त्रीको जिकिर

काठमाडौं, २५ जेठ : उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव र राज्यमन्त्री पद्यमा अर्यालबीच खटपट सुरु भएको छ । मन्त्री क्वाटर खाली गरिदिन आग्रह गरेलगतै यादव र अर्यालबीच खटपट सुरु भएको बताइएको छ । अर्यालले भने आफूलाई कुनै अधिकार नदिएर ‘पेन्डुलम’ बनाएर राखेको आरोप लागएकी छन् ।

शुक्रवार केहि संचारमन्त्रीहरुसंगको कुराकानीमा उनले उपप्रधानमन्त्री ज्यूले आफूलाई पेण्डुलम बनाएर राखेको बताइन् ।
नेकपासँग दुई बुँदे सहमति गर्दै संघीइ समाजवादी फोरम नेपाल दुई मन्त्रालयसहित सरकारमा सहभागी भएको दुई सातापनि वितेको छैन । तर, मन्त्री यादव र राज्यमन्त्री अर्यालबीच खटपट सुरु भएपछि त्यहाँका कर्मचारीहरुले सोत यस प्रसङ्गलाई निकै चासोपुर्वक लिएका छन् ।

स्रोतका अनुसार मन्त्री यादवले राज्यमन्त्रीलाई अधिकार प्रत्यायोजन नगरेपछि मन्त्री अर्याल त्यसबारे कुराकानी गर्न प्रधानमन्त्रीसंग समय समेत मागेकी छिन् । तर कुराकानीकमा भने उनले उक्त कुरा स्वीकार गर्न मानेन् । ‘तत्काल हतार गर्नुपर्ने कुनै कारण छैन’ उनले भनिन् हाइकमाण्डमा उहाँहरुले आफै छलफल गर्दै हुनुहन्छ’ अहिले ने त्यस्तो कुनै हत्तार गर्नुपर्ने अवस्था छैन ।

यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै राज्यमन्त्री अर्याल भने यतिवेला कामविहिन भएर बसेकी छिन् । स्रोतका अनुसार यादवले आफ्नो पार्टीको भागमा उक्त मन्त्रालय परेकोले राज्यमन्त्रीपनि आफ्नै पार्टीको मान्छे ल्याउने तयारी थालेका छन् । मन्त्री अर्याल यतिवेला झण्डामात्रै हल्लाएर बस्नुपरेपछि अब के गर्ने भन्नेबारे अन्यौलामा छिन् । उनी यतिवेला भूमिकाविहीन भएकोमा असन्तुष्ट छिन् ।

प्रकाशित मिति: Jun 8, 2018

प्रतिक्रिया दिनुहोस्