Logo
१ माघ २०८१, मंगलबार
(June 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व हिन्दु सभामा जाने कुनै कार्यक्रम छैन् : पूर्वराष्ट्रपतिको सचिवालय

काठमाडौं, २५ जेठ : पूर्व राष्ट्रपति डा.रामबरण यादवको नीजि सचिवालयले तिब्बती धर्म गुरु दलाई लामासँग भेटघाटको प्रयासवारे प्रकाशित समाचारमा चासो व्यक्त गरेको छ । हालै मात्र दलाई लामालाई पूर्वराष्ट्रपति यादवसँग भेटाउने तयारी भएको समाचार प्रकाशमा आएको थियो । केही हिन्दूवादी संगठनका नेताहरुले पूर्व राष्ट्रपति यादवलाई विश्व हिन्दु सभामा प्रयास गरिरहेको समाचार आएको थियो ।

पूर्व राष्ट्रपति यादवको सचिवालयका कर्मचारी किरण पन्थले लामासँग भेटको प्रयासवारे कुनै कार्यक्रम नरहेको र अमेरिकाको सिकागोमा आयोजना हुने भनिएको विश्व हिन्दु सभामा पूर्व राष्ट्रपति यादव नजाने स्पष्ट गरेका छन् ।गणतन्त्र हिन्दू राष्ट्र प्रमुखको हैसियतमा डा. यादवले प्रदर्शन गरेको भूमिकालाई कदर गर्नुपर्ने अवधारणासहित उनीहरुले आयोजकसमक्ष लबिङ गरिरहेका बताइएको थियो ।

सेप्टेम्बर ७ देखि ९ सम्म चल्ने सभामा विश्वका विभिन्न धार्मिक संगठनका धर्मगुरु लगायत ख्यातिप्राप्त व्यक्तिहरुको सहभागीता रहनेछ । यो सभामा दलाई लामा, राष्ट्रिय स्वयसेवक संघका प्रमुख मोहन भागवत, भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, हलिउड स्टार रिचार्ड गेरे र रिर्जभ बैंक अफ इन्डियाका पूर्व गभर्नर भी राजन लगायतका व्यक्तिहरुलाई निम्तो गरिएको र निम्तो गरिएकाहरुको तर्फबाट सहभागीताको सुनिश्चितता खोजिएको बताइएको छ ।

यसमा विश्वका बिभिन्न देशहरुबाट २ हजारदेखि ३ हजारको बीचमा सहभागीता रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति: Jun 8, 2018

प्रतिक्रिया दिनुहोस्