Logo
२९ पुस २०८१, सोमबार
(June 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम र प्रदेश नम्बर २ को सरकारबारे कुनै टिका-टिप्पनी नगर्न राजपाको निर्देशन

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले संघीय समाजवादी फोरम नेपाल र प्रदेश नम्बर २ को सरकारबारे कुनै टिका-टिप्पनी नगर्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ । पछिल्लो २ दिनदेखि चलेको बैठकको निर्णयका अधारमा एक विज्ञप्ती जारी गर्दै त्यस्तो निर्देशन दिएको हो ।

प्रदेश २ मा फोरम नेपालसँगको गठबन्धन कायम राख्ने र सरकार पनि नछाड्ने राजपाले बताएको छ । तीन दिनदेखि जारी राजपा नेपाल अध्यक्ष मण्डलको बैठकले मधेशी जनताको भावना अनुसार गठन भएको कारण सरकार नछाड्ने निर्णय गरेको हो ।

फोरम नेपाल संघीय सरकारमा सहभागी भएपछि राजपा नेपालले प्रदेश २ को सरकार छाड्ने चर्चा चलेको थियो ।कम्युनिष्ट पृष्ठभूमिका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेकपाको सरकारमा सहभागी हुनुले देशमा केही नराम्रो कुराको संकेत गरेको आशंका राजपा नेपालको रहेको छ । राजपा नेपालका अध्यक्ष मण्डलका एकजना सदस्यले भने, ‘देशका सबै कम्युनिष्ट एक ठाउँ भएका छन् ।

पढ्नुस् विज्ञप्ती :

 

प्रकाशित मिति: Jun 7, 2018

प्रतिक्रिया दिनुहोस्