Logo
२ मंसिर २०८१, आईतबार
(June 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै अदालतमा परेको रिट खारेज

काठमाडौं, २४ जेठ : प्रधान न्यायाधीश नियुक्ति गरिपाउँ भनी सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ ।अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ भएको थियो । सुनुवाइका क्रममा न्यायाधीशले संसदीय सुनुवाइ विशेष समिति बनेको छ भने देखाउनुस भनी रिट निवेदकलाई प्रश्न गरेका थिए ।

प्रधानन्यायाधीशको सिफारिसमा तेस्रो नम्बरमा रहेका वरिष्ठतम न्यायाधीश चोलेन्द्रशमसेर जबराको इजलासले कारण देखाउ आदेश जारी गर्नु नपर्ने भन्दै रिट खारेज गरेको हो । संसदीय सुनुवाइ समिति नबनेका कारण प्रधान न्यायाधीशको नियुक्ति हुुन सकेको छैन ।

न्यायपरिषदले प्रधानन्यायाधीशका लागि एक नम्बरमा दीपकराज जोशी, २ नम्बरमा ओमप्रकाश मिश्र र ३ नम्बरमा चोलेन्द्रशमसेर जबराको नाम सिफारिस गरेर संवैधानिक परिषदमा पठाएको छ ।

प्रकाशित मिति: Jun 7, 2018

प्रतिक्रिया दिनुहोस्