Logo
२ मंसिर २०८१, आईतबार
(June 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन तस्करीको ‘ठुला माछा’ छट्पटाईरहेका छन् : गृहमन्त्री

काठमाडौँ, २३ जेठ : गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको अनुसन्धान निष्कर्षमा पुग्दै गर्दा ‘ठुला माछा’हरु छट्पटाईरहेको बताएका छन् । उनले सुन तस्करीसँग हुण्डीको कारोवारी पनि जोडिएकोले अनुसन्धान त्यसतर्फ पनि केन्द्रित रहेको बताए ।

गृहमन्त्रीका रुपमा आफ्नो सयदिनेको काम बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुन तस्करीको अनुसन्धान गर्न गठित समितिको म्याद थपिने बताए ।

गृहमन्त्री थापाले काम नगर्ने ठेकदारमाथि सुरु गरिएको कारवाहीलाई पनि निरन्तरता दिने स्पष्ट पारे ।  उनले संघीय प्रहरी एेन पनि छिट्टै जारी हुने जानकारी दिए ।

‘उपत्यकामा ५ सय विकास परियोजनामध्ये ३ सयको काम अलपत्र छन्,’ उनले भने, ‘तर सबै ठेकदार भने धरधनी छन् । केही सांसद पनि ठेकदार होलान् । जसले समयमा काम पुरा गर्दैनन् उनीहरुमाथि कारवाही हुन्छ ।’

 

प्रकाशित मिति: Jun 6, 2018

प्रतिक्रिया दिनुहोस्