Logo
३ माघ २०८१, बिहीबार
(June 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेनाध्यक्ष रावतको औपचारिक निमन्त्रणामा प्रधानसेनापति भारत जाँदै

काठमाडौं, २२ जेठ : प्रधानसेनापति राजेन्द्र क्षत्री बुधवार भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार क्षत्रीले २६ जेठमा देहरादुनस्थित भारतीय सेनाको इन्डियन मिलिट्री एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिम समापनमा सहभागी हुनेछन् ।

भारतीय सेनाका सेनाध्यक्ष बिपिन रावतको औपचारिक निमन्त्रणामा प्रधानसेनापति क्षत्री ६ दिनका लागि जान लागेका हुन् । यसअघि २०७२ साल माघ १८ मा क्षत्री भारत भ्रमणका थिए । उनी त्यहीँ रहँदा भारतले २१ माघमा नाकाबन्दी हटाएको थियो ।

उनी उक्त कार्यक्रमको चिफ रिभ्युइङ अफिसरका रुपमा त्यहाँ रहनेछन् । उनको भ्रमण अवधिभर बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् । प्रधानसेनापति क्षत्री २८ जेठमा स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति: Jun 5, 2018

प्रतिक्रिया दिनुहोस्