Logo
२ मंसिर २०८१, आईतबार
(June 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व वातावरण दिवसका अवसरमा शीतल निवास परिसरमा राष्ट्रपतिबाट वृक्षरोपण

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा मंगलबार राष्ट्रपति भवन शीतल निवास परिसरमा वृक्षरोपण गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले आज सो परिसरमा जापानी बिरुवा जिन्को भायोला रोपेकी हुन् । उनले आजै दिवसका अवसरमा ‘प्रकृतिको अमूल्य उपहार धर्ती सिँगारौँ, निर्मल आकाश सुरक्षित गरौँ । प्राकृतिक सम्पदाको सन्तुलित सदुपयोग गरौँ, सुन्दर प्रकृतिलाई न्याय गरौँ’, भन्ने सन्देशसहित ट्विटसमेत गरेकोे राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Jun 5, 2018

प्रतिक्रिया दिनुहोस्