Logo
२९ पुस २०८१, सोमबार
(June 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोकर्णेश्वर मन्दिर पुनःनिर्माणका लागि एक करोड बजेट

काठमाडौँ : लिच्छविकालीन स्थानीय गोकर्णेश्वर महादेवको मन्दिरको जीर्णोद्धारका लागि आगामी आर्थिक वर्ष २०७५।०७६मा पुरातत्व विभागले रु एक करोड बजेट विनियोजन गरेको छ ।

तीनतले झिँगटी छाना भएको प्राकृतिक दृश्याकित देवताहरुको आकार भएका काठका टुँडालजडित शिवजीको मन्दिर ज्यादै जीर्णावस्थामा छ । विभागका योजना तथा मूल्याङ्कन विभागका लिपि अधिकृत सविता न्यौपाने पौडेलले कालीगढहरु जुृटाएर मन्दिर पुनःनिर्माण छिट्टै शुरु गरिने आश्वासन दिए ।

पुनःनिर्माणका लागि गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार कमिटीले भने रु दुई करोड ५० लाख माग गरेको थियो ।गोकर्णेश्वरवासीको चाहना भने उक्त मन्दिरको छाना तामामा सुन लेपन गरी पशुपतिनाथ मन्दिरमा जस्तै पानी नचुहिने निर्माण गर्नुपर्ने रहेको छ । सुन लेपनबाट खिया नलाग्ने उनीहरुको भनाइ छ ।

विसं २०७४ फागुनमा कमिटीबाट आयोजना गरिएको सप्ताह महायज्ञबाट करीब रु तीन करोड नगद र जिन्सी संकलन गरिएको थियो । मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठ जतिसक्दो छिटो पुनःनिर्माण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: Jun 5, 2018

प्रतिक्रिया दिनुहोस्