ग्रिन टी दैनिक रूपमा पिउँदा के-के फाइदा हुन्छ ?
काठमाडौँ : ग्रीन टीका बारेमा पछिल्लो समय सबैले सुन्दै र थाहा पाउँदै आएका छौँ । स्वस्थ्य रहनका लागि धेरै चिकित्सकहरु, योग गुरु तथा वैद्यहरुले समेत ग्रीन टी पिउने सल्लाह दिने गरेको पाइएको छ । सामान्यतया चीयाका बोटका नयाँ नटिपिएका मुनाबाट प्रशोधन नगरी बनाइएको चिया नै ग्रीन टी मानिन्छ । ग्रीन टीमा भएका तत्वहरुले मानिसलाई निम्न कुराहरुमा फाइदा पुर्याउँछ ।
ग्रीन टी खाँदा के हुन्छ ?
- ग्रिन टी दैनिक रूपमा पिउँदा मोटोपन घटाउँछ र तौल नियन्त्रण गर्छ ।
- मधुमेह हुने सम्भावनालाई कम गराउँछ, यसले इन्सुलिन नियन्त्रण गर्छ, रगतमा चिनीको मात्रा पनि कम गराउँछ
- एक अध्ययनका अनुसार ग्रिन टीले दिमागको सेललाई टुट्नबाट बचाउँछ, यसले अलजाइमर र पार्किन्सनको खतरा कम हुन्छ ।
- ग्रिन टीमा केटेचिन नामको एन्टिअक्साइड हुन्छ, जसले घाँटी तथा दाँतमा हुने संक्रमणबाट बचाउँछ ।
- यसले अनावश्यक तनावबाट मुक्ति दिन्छ ।
- ग्रिन टीले अनुहारमा सौन्दर्य थप्छ र चकम दिलाउँछ ।
- यसले ब्लडप्रेसर नियन्त्रण गर्छ, साथै मुटुका बिरामीलाई हृदयघातको सम्भावना कम गराउँछ ।