Logo
२९ पुस २०८१, सोमबार
(June 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतसँग झुकेर नभइ शीर ठाडो पारेर सम्बन्ध सुधार गरेका छौं : प्रधानमन्त्री

काठमाडौं, २१ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग झुकेर नभइ शीर ठाडो पारेर सम्बन्ध सुधार गरेको बताएका छन् । प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका बेला केही तलत चर्चा गरिएको भन्दै हल्ला गरिए जस्ता राष्ट्रहित विपरीत र अनुचित कुनै सम्झौता नभएको दावी गरेका छन् । सोमबार प्रदेश ३ को संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेत्र गर्दिन भनेपछि सम्बन्ध पुनस्थापना भउको बताएका हुन् ।

‘छिमेकिसँग सम्बन्ध सुमधुर भएको छ । सम्बन्ध पुनस्थापित भएको छ । म गर्वका साथ भन्न चाहन्छु । सम्बन्ध सुधार हुनुपर्छ भनेर निहुरिएर होइन, झुकेर होइन । आफ्ना आन्तरिक मामिलामा हस्तक्षे स्वीकार गरेर होइन । सार्वजनिक सत्तालाई अण्डरमाइन गर्न दिएर होइन । स्वतन्त्रता र भौगोलिक अखण्डतालाई नजरअन्दाज गरेर होइन । मिल्नै पर्छ जसरी पनि भनेर होइन । आन्तरिक मामिलामा हस्तक्षेप गर्दिन भनेर, सार्वभौमसत्ता र राष्ट्रिय स्वाधिनतालाई मानेर, शीर उठाएर सम्बन्ध सुधार गरेका छौं ।’

सरकारले राष्ट्रियतालाई असाधारण महत्व दिएको भन्दै आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न नसक्ने दावी समेत गरे । जुंगाको लडाइ नभइ राष्ट्रिय हितमा लड्नु पर्छ भन्ने नीति सरकारले लिएको भन्दै प्रधानमन्त्री ओलीले सरकारले लिएको नीतिमा सफलता प्राप्त भएको सुनाए ।

सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ उचाइमा उठाएको भन्दै प्रधानमन्त्री ओलीले त्यसका प्रमाणहरु रेकर्ड भएको बताए । ‘अन्तर्राष्ट्रिय सम्बन्ध उचाइमा पुगेको छ ,’ प्रधानमन्त्री ओलीले भने, ‘छिमेकिसँगको सम्झौता र संयुक्त प्रेस वक्तव्य भए । यी सबै कुराले पुष्टि गर्छ । हामी खोक्रो दावी गर्दैनौं । सबै कुरा रेकर्ड छन् ।’

प्रकाशित मिति: Jun 4, 2018

प्रतिक्रिया दिनुहोस्