Logo
१३ मंसिर २०८१, बिहीबार
(June 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरी र भारतीय सुरक्षाकर्मीको सेटिङ्गमा गाई तस्करी

रौतहट, जेष्ठ १८ : बन्द भएको भनिएको गाई तस्करी रौतहटमा फेरि मौलाएको छ। गाईलाई राष्ट्रिय जनावरको रुपमा मानिएपनि स्थानिय प्रशासनकै मौनताका कारण तस्करीमा फेरि तिब्रता देखिएको हो ।

पहिल्लो समय जिल्लामा गोबिन्दप्रसाद रिजाल नयाँ प्रमुख जिल्ला अधिकारी र रबिन्द्र केसी प्रहरी उपरीक्षकको रुपमा आएपछी गाई तस्करीका साथ साथै अन्य आपराधिक घट्नाहरु भने बन्द भएको थियो ।

रौतहटको बनजरहा चौकी र अौरैया चौकीको बिच-बिचै रहेको पोखरीको वरिपरिबाट हिजो-आज दैनिक जसो गाइ तस्करी हुने गरिएको स्थानियहरु बताउँछन् । ‘दिउँसो एक ठाउँमा ल्याएर राख्ने र मघ्यरातमा भारत तर्फ तस्करी गर्ने’ गरिएको स्थानिय बसिन्दाहरु बताउँछन् ।

गाई तस्करसंग नेपाल प्रहरी र भारतीय सुरक्षाकर्मीको सेटिङ्ग समेत रहेको एक स्थानियले नाम उल्लेख नगर्ने सर्तमा बताए । यसअधि रौतहटमा यही नाकाबाट हप्तामा २-३ पटक दर्जनौं गाई र गोरु तस्करी हुने गरिएको प्रहरीले नै दावी गरेका थिए ।

तर केहि दिन यो कार्य बन्द रहेपनि अहिले भने तस्करहरुले यही नाकाको प्रयोग गरि भारत बिहारको चम्पारणसम्म गाई तस्करी गर्ने गरेका छन् ।

राष्ट्रिय जनावरकै तस्करीबारे सुरक्षाकर्मीलाई कुनै मतलव छैन भने अन्य सामाग्री तस्करीबारे कस्ले मतलव गर्नु र स्थानियको प्रतिप्रशन रहेको छ । ‘राष्ट्रिय जनावर गाईको तस्करी कहिले बन्द हुने हो त्यो त कसैलाई मतलव छैन एक स्थानियले भने प्ररही नै यहाँ तस्करहरुका नाइके हुन् ।

यस बिषयमा प्रजिअ रिजालसंग कुराकानी गर्दा उनले आफू तत्कालै पहल थाल्ने बताए । ‘गाई, गोरु तस्कर त अबैध मात्र होइन ठुलो अपराध हो’ उनले भने म तत्कालै उक्त क्षेत्रका सुरक्षा प्रमुखसंग स्पष्टिकरण लिन्छु ।

‘यो कुराहरु अन्य माध्यमबाट मेरो कानसम्म आउने गरेको छ’ उनले भने अब यस्तो हुदैन जसरी भएपनि हामी राष्ट्रिय जनावर गाई लगायतका तस्करीलाई बन्द गराउने छौं ।’

प्रमाण फेला परे गाई तस्करीमा संलग्न प्रहरीलाई समेत कार्वाही गर्ने उनको भनाई रहेको छ ।

प्रकाशित मिति: Jun 1, 2018

प्रतिक्रिया दिनुहोस्