Logo
२ माघ २०८१, बुधबार
(June 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतद्वारा हुलाकी राजमार्ग परियोजनाका लागि ५२ करोड ९० लाख सहयोग

काठमाडौं, १६ जेठ : भारत सरकारले नेपालको हुलाकी राजमार्ग परियोजनाको लागि ५२ करोड ९० लाख २६ हजार नेपाली रुपैयाँ सहयोग गरेको छ ।

काठमाडौंस्थित भारतीय दूतावासका मिशन प्रमुख अजय कुमारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अभिकारीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

उक्त सहयोग वीरगञ्ज–ठोरीसडक सडक खण्डको पूर्वाधार निर्माणका लागि २५ प्रतिशत टेन्डर खर्च सहित १० प्रतिशत अग्रिम भुक्ततानीका लागि खर्च गरिनेछ ।

यस भुक्तानीका साथ, भारत सरकारले हुलाकी राजमार्ग परियोजनाको १४ वटा प्याकेजहरू लागू गर्नका लागि कुल एक करोड ८८ लाख रुपैया प्रदान गरेको छ ।

भारत सरकारको सहयोगमा निर्माण भइरेको हुलाकी राजमार्ग अन्तर्गत धनगढी–भजनिया–सती सडक र लमकी–टीकापुर–खकरौला सडक एक करोड २ लाख रुपैयाको खर्चमा सम्पन्न भइसकको छ ।

सन् १९५० देखि भारत सरकारले नेपालको पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ । उसले विभिन्न राजमार्ग, सडक, पुल, एयरपोर्ट निर्माणमा वित्तीय सहायता प्रदान गरेको छ ।

प्रकाशित मिति: Jun 1, 2018

प्रतिक्रिया दिनुहोस्