करण जोहरको ब्यानरमा बन्ने चलचित्रमा करिनालाई ‘आमा’ को भूमिका
काठमाण्डौँ : केहि बर्षको प्रेम सम्बन्ध पछि नायिका करिना कपुर र नायक सैफ अलि खानले विवाह गरेका थिए । त्यस पश्चात उनीहरुको छोरा तैमुरको जन्म भएको थियो । तैमुर गर्भमा रहेपछिनै करिनाले निकै कम फिल्म खेल्न थालेकी थिइन् । छोरा तैमुरको जन्म भएर एक वर्ष नहुञ्जेल करिना फिल्मबाट टाढै रहिन् ।
तर चलचित्र ‘वीरे दी वेडिङ’ बाट उनी बलिउडमा कमब्याक हुँदैछिन् । उक्त चलचित्र गत्तै करिना अर्को फिल्ममा पनि अनुबन्ध हुँदैछिन् जसमा उनी आमा बन्नेछिन् । स्रोतका अनुसार करण जोहरको ब्यानरमा बन्ने चलचित्रमा करिनालाई आमाको भूमिकामा देख्न सकिन्छ । उक्त चलचित्रमा विवाह र सम्बन्धलाई निकै राम्रो तरिकाले देखाइने बताइएको छ ।
सो अनटाइटल रोमान्टिक चलचित्रमा करिनाले साइनसमेत गरिसकेको बताइएको छ । यो चलचित्रका अन्य तीन मुख्य कलाकारबारे अहिलेसम्म केही जानकारी प्राप्त छैन तर करिनाको अपोजिटमा सिद्धार्थ मलहोत्रा हुने हल्ला सुनिएको थियो । यसका साथै कार्तिक आर्यन र जान्ह्वी कपुरलाई कास्ट गरिने पनि बताइएको छ । उक्त चलचित्र यो वर्षको नोभेम्बरमा फ्लोरमा जाने बताइएको छ ।