दह्रो सरकारले ल्याएको फितलो बजेट, सुधारका कुनै योजना छैन : कोइराला
काठमाण्डौ : पूर्व मुख्यसचिव विमल कोइरालाले आर्थिक वर्ष २०७५/७६ को बजेट परम्परागत शैलीको भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै कोइरालाले बजेटमा नविनता नभएको बताए ।
बहुमतप्राप्त सरकारले आर्थिक सुधारका लागि ठोस कार्यक्रमसहितको बजेट ल्याउनुपर्नेमा त्यसो नभएको उनको तर्क छ । दह्रो सरकारले ल्याएको फितलो बजेटले निराश बनाएको उनको भनाई छ ।
आर्थिक वृद्धिदरको लक्ष्य ८ प्रतिशत राखिए पनि त्यसको आधार बजेटमा उल्लेख नभएकाले विश्वास गर्न नसकिने कोइरालाले बताए । “जोखिम लिएर भए पनि अर्थतन्त्रलाई अगाडि लैजाने कार्यक्रम हुनुपथ्र्यो ।
तर त्यो आँट देखिएन । धेरैजसो परम्परागत नै छ । संस्थागत सुधारका कुनै योजना छैनन् ।” उनले भने ।कार्यान्वयनका पक्षमा बजेटले सुधारका कुनै पनि कुरा नगरेको उनको आरोप छ । प्रशासनिक सुधार र आर्थिक सुशासन भएसम्म बजेट कार्यान्वयन नहुने कोइरालाले बताए ।