यो काम नलाग्ने ‘हवादारी’ बजेट हो, कार्यान्वयन हुँदैन : देउवा
काठमाडौं, १५ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेट कामै नलाग्ने आरोप लगाएका छन् ।
संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बजेटपछि संसद परिसरमा प्रतिक्रिया व्यक्त गर्दै भने देउवाले, ‘हामीले अपेक्षा गरेजस्तो बजेट आएको छैन। बजेट विगतको निरन्तरता जस्तै छ।’
उनले बजेटले राष्ट्रलाई बोझ लाग्ने बताए । उनले भने,‘यो बजेट काम लाग्दैन, कार्यान्वयन हुन नसक्ने बजेट हो।’ ओली सरकारले ल्याएको बजेटलाई देउवाले हवादारी समेत बताए ।