चर्चित कलाकार प्रिंयका झाको चनमामा दमदार प्रस्तुती ( हेरौँ फोटो फिचर )
काठमाण्डौँ : मैथिली भाषा ,साहित्य र सँस्कृतिक संरक्षण,सम्वद्र्धन गर्ने उदेश्यका साथ आइतबार काठमाण्डौँमा चनमा कार्यक्रम सम्पन्न भएको छ । दुई दिने उक्त कार्यक्रममा मिथिलाको राजनीतिक अवस्था र चुनौतिमाथि राजनीतिक विशलेषक प्रदीप गिरी र रामचन्द्र झाले आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको शुरुवातमा बरिष्ठ संगितकार गुरुदेव कामतले मिथिलामा रहेको आधुनिक संगितको अवस्था र बरिष्ठ गितकार सुनिल मल्लिकले मिथिलाको लोक गित तथा आधुनिक लोक गितका बिषयमा आफ्नो अभिव्यक्ति राखेका थिए ।बिभा झाको संयोजकत्वमा भएको उक्त कार्यक्रममा चर्चित कलाकार प्रियंका झाले कथा नै भेटल नाटक प्रस्तुत गरेकी थिइन् । उक्त नाटक देशको खास गरी तराई मधेशमा रहेको बाल बिवाह र दहेज प्रथामा आधारित रहेको छ । यसका साथै, चर्चित गायीका अन्जु यादबले पनि गीत गाएर सबैलाई झुमाएकी थिइन् ।कार्यक्रमा मधेशका विभिन्न क्षेत्रका बिशिष्ट विद्धान ,पत्रकार,संगीतकार र कलाकार लगायतको उपस्थिति रहेको थियो ।