Logo
१ मंसिर २०८१, शनिबार
(May 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोस्रो वरियता दिएमात्रै उपेन्द्र आँफै सरकारमा जाने, मन्त्रीमा रणु र रामको नाम चर्चा

काठमाडौं, १४ जेठ : संघीय समाजवादी फोरम नेपाल यही हप्ताभित्रै सरकारमा जाने भएको छ । यद्धपी सरकारमा कुन-कुन नेतालाई पठाउने भन्नेबारे अहिले फोरमभित्र अहिले आन्तरिक छलफल सुरु भएको छैन् । सहमति अनुसार नै फोरम नेपाल सरकारमा सहभागी हुने भएको हो । स्रोतका अनुसार फोरमले तीन मन्त्रालय पाउने भएको छ ।

पार्टीका अधिकांश नेताहरु काठमाडौं बाहिर भएकोले सरकारमा क-कसलाई पठाउने भन्नेबारे छलफल भोलि वा पर्सी हुने अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच आज मात्रै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई बुँदे सहमति गरेका हुन् ।

फोरम नेपालका अध्यक्ष यादव नै पार्टीबाट सरकारको नेतृत्व गरेर जान सक्ने सम्भावना रहेको छ। प्रधानमन्त्री ओलीपछिको दोस्रो वरियता दिएमात्रै यादवले सरकारमा प्रतिनिधित्व गर्ने बुझिएको छ । यादवसँगै पार्टीबाट अन्य दुई जना पनि सरकारमा जाने भएकोले मन्त्री बन्नको लागि अहिले दौडधुप सुरु भएको छ । मन्त्रीको नाममा सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेतृ रणु यादव, रामसहाय  राय र सरिता गिरीको पनि चर्चा छ ।

प्रकाशित मिति: May 28, 2018

प्रतिक्रिया दिनुहोस्