Logo
३ माघ २०८१, बिहीबार
(May 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुक्लामा फसेका आफ्ना नागरिकलाई ट्वीटरबाटै भारतीय विदेशमन्त्री सुस्माले गराए उद्धार

काठमाडौँ : लुक्लामा फँसेका भारतीय पर्यटकहरुको उद्धारका लागि भारतीय विदेशमन्त्री सुस्मा स्वराजले तत्काल पहल गरेर उद्धार गराएकी छन् । खराब मौसमका कारण नियमित विमान उडान प्रभावित भएपछि केही भारतीयहरु दुई दिनदेखि लुक्लामा फँसेका थिए ।

लुक्लामा फँसेका भारतीयहरु मध्ये एक अमित थडानीले ट्वीट गर्दै यसमा सुस्मा स्वराजको सहयोग मागेका थिए ।स्वराजले तत्कालै नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीलाई उनीहरुको उद्धार गर्न निर्देशन दिएकी थिइन् ।

‘हामी दुई दिनदेखि लुक्लामा फँसेका छौँ । हेलिकप्टर कम्पनीका लुटेराहरुले काठमाडौँसम्म जानका लागि हामीसँग एक जना बराबर ६ सय डलर माग गरिरहेका छन् । जबकी हामीले काठमाडौँबाट लुक्ला आउन २ सय डलर तिरेका थियौँ । के तपाईंले हामीलाई सहयोग गर्न सक्नुहुन्छ ?,’ थडानीले ट्वीट गरेका थिए ।


सुस्माको निर्देशनपछि नेपालस्थित भारतीय दूतावासले फँसेका भारतीय नागरिकको उद्धार गर्ने प्रयास भइरहेको जवाफ दिएको थियो ।

‘हामी उनीहरुसँग सम्पर्कमा छौँ । खराब मौसमका कारण उनीहरुको फ्ल्याइट रद्द भएको थियो । हामी हेलिकप्टरबाट उनीहरुको उद्धार गर्न प्रयास गर्दैछौँ,’ दूतावासले भनेको थियो ।

अहिले उनीहरुलाई हेलिकप्टरको माध्यमबाट उद्धार गरिएको छ । त्यहाँ रहेका भारतीय मध्ये एक सौरभ घोषले आफूहरु काठमाडौँ आइपुगेको भन्दै तस्विर सार्वजनिक गरेका छन् ।

 

प्रकाशित मिति: May 28, 2018

प्रतिक्रिया दिनुहोस्