आर्थिक सर्वेक्षण सार्बजनिक : आर्थिक वृद्धिदर ५ दशमलब ९ प्रतिशत पुग्ने
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गरेका छन् । देश चलु बर्ष हासिल गरेको उपलब्धिहरुलाई प्रदेशगत रुपमा प्रस्तुत गरिएको अर्थमन्त्रीले बताएका छन् ।
६० लाख भन्दा बढि गरिवीको रेखामूखि रहेको जानकारी दिँदै उनले जिडिपीको १५ प्रतिशतले बचत रहेको बताए । मूल्य बृद्धिमा चाप पर्न थालेको बताउँदै उनले सरकारी खर्च बढेर बजेट घाटा बढ्न थालेको बताए।
शेयर बजार स्थिरताउन्मुख रहेको बताउँदै उनले ब्यापार घाटा जिडिपीको ३७ प्रतिशत पुग्ने अनुमान रहेको बताए । अर्थमन्त्री खतिवडाले अब मूल्यवृद्धिमा चाप पर्न थालेको बताएका छन् । खतिवडाले वाषिर्क मूल्यवृद्धिदर ६ प्रतिशतमा कामय रहको जानकारी दिए ।
चालु आर्थिक वर्षको ९ महिनामा मुद्रास्फिति यसअिघ प्रक्षेपण गरेको भन्दा कम छ । चालु आर्थिक वर्ष २०७४/०७५ को मौद्रिक नीतिमा वाषिर्क उपभोक्ता मुद्रास्फिति ७.० कायम राख्ने लक्ष्य लिएकोमा चालु आर्थिक वर्षको ९ महिनामा यस्तो मुद्रास्फिति ४.१ प्रतिशत थियो ।
सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५ दशमलब ९ प्रतिशत पुग्ने अनुमान गरेको छ।
‘विगत १० वर्षको आर्थिक वृद्धिदर ४ दशमलब ३ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षमा ५ दशमलब ९ प्रतिशत पुग्ने अनुमान गरिएको छ’, ०७४/७५ को आर्थिक सर्वेक्षण संसद्मा पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले भने।