Logo
९ मंसिर २०८१, आईतबार
(May 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस साता एक अर्ब ९२ करोड २७ लाख ३१ हजार बराबरको शेयर कारोबार

काठमाडौँ, १२ जेठ : धितोपत्र बजारमा यस साता एक अर्ब ९२ करोड २७ लाख ३१ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८३ कम्पनीको ४१ लाख ३७ हजार ४३० कित्ता शेयर कारोबार भएको हो ।कारोबार रकम गत साताकोभन्दा ७७ दशमलव ७१ प्रतिशत बढी हो ।

गत साता १७६ कम्पनीको २३ लाख २९ हजार ४४० कित्ता शेयर रु एक अर्ब आठ करोड १९ लाख ४१ हजारमा खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २० दशमलव ९७ अंकले घटेर अन्तिम दिन १३१८ दशमलव २२ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा चार दशमलव ३७ अंकले घटेर २७७ दशमलव ८९ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो बैंकको रु २२ करोड ८५ लाख बराबरको शेयर कारोबार भएको थियो ।

त्यसैगरी कारोबार भएको शेयर संख्या आधारमा पनि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । सो बैंकको तीन लाख ९६ हजार कित्ता शेयर कारोबार भएको स्टकले जनाएको छ ।

यस साता नेपाल स्टक एक्सचेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । (रासस)

प्रकाशित मिति: May 26, 2018

प्रतिक्रिया दिनुहोस्