Logo
२६ पुस २०८१, शुक्रबार
(May 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशमा बसेर नेपाललाई गाली होइन, लगानी गरौं : परराष्ट्रमन्त्री

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बिदेशमा रहेका नेपालीहरुलाई नेपालमा लगानी गर्न उचित समय आएको बताएका छन् ।
वर्तमान सरकारले देश निर्माणको अभियानमा लागेकोले विदेशमा रहेका नेपालीले अहिले मातृभूमि लगानी गर्न उत्तम समय रहेको तर अबको दश बर्ष पछाडि देशमा सानो लागनीको महत्व कम हुन सक्ने मन्त्री ज्ञवालीको तर्क छ ।

टेलिभिजन कार्यक्रम यु स्टार्ट अगेनका लागि परराष्ट्र मन्त्रालयमा बिषेश कुरा गर्दै मन्त्री ज्ञवालीले बिदेशमा बसेर नेपालीहरु केहि जान्दैन भन्ने अहम पाल्नु भन्दा पनि नेपालमा के कसरी सहयोग गर्न सकिन्छ भन्ने भावना ल्याउन सबैमा आग्रह समेत गरेका छन् ।

सरकारले बिदेशमा रहेका नेपालीहरुको भावनालाई सदैव कदर गर्ने बताउँदै मन्त्री ज्ञवालीले बिदेशमा रहेका सबै नेपालीहरुले आफुलाई देशको दुत सम्झेर काम गर्न समेत आग्रह गरेका छन् । आफ्नो पालामा पहिला जस्तो सम्बन्धित देश र क्षेत्रको ज्ञान नभएका ब्यक्तीहरु राजदुत बन्न नसक्ने बताउदै मन्त्री ज्ञवालीले महावाणिज्य दुतावासको स्थापना र अवैतानिक दुतहरुको नियुक्तीका बारेमा पनि कार्यक्रममा खुलेर कुरा गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा अड्कीरहेको एनआरएनए बिधान, गैर आवासीय नेपालीहरुले पाउने नागरिकता सम्बन्धी कानुन, नेपालको भारत र चिनसंगको सम्बन्ध, बिदेशमा रहेका नियोगहरुले उपयुक्त तरिकाले काम गर्न नसकेको बिषय लगायतका बिषयहरुलाई कार्यक्रम यु स्टाट अगेनमा प्रश्नको रुपमा प्रस्तोता सूर्य थापाले मन्त्री ज्ञवालीलाई सोधेका छन् ।

कतिपय नेपालीहरु बिदेशमा पुगेर नेपाल खत्तम भयो र नेपालीहरु केहि जान्दैन जस्तो भाव बोकेर गाली गरेको पनि आफुले सुन्ने गरेको बताउंदै मन्त्री ज्ञवालीले बिदेशमा बसेर नेपाललाई गाली होइन लगानी गर्न आग्रह समेत गरेका छन् ।

भिडियो :

प्रकाशित मिति: May 26, 2018

प्रतिक्रिया दिनुहोस्