Logo
१ मंसिर २०८१, शनिबार
(May 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ १२ सहित २८ सहसचिवको सरुवा, सिन्डिकेट अन्त्य गराएका भट्टराई श्रम रोजगारमा

काठमाडौं, १० जेठ : सरकारले २८ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । बढुवा भएका १२ नयाँ सहसचिवहरुको पदस्थापन गरिएको हो भने १६ सहसचिवहरु सरुवामा परेका छन् ।

यातायात व्यवस्था विभागमा रहेर यातायातको सिन्डिकेट अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका सहसचिव रुपनाराण भट्टराई श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् ।

मन्त्री गोकर्ण विष्टले नै भट्टराईलाई मन्त्रालय ल्याउन पहल गरेका थिए । यातायात विभागबाट तानेर आफूलाई जगेडामा राखिएपछि भट्टराई बिदामा थिए ।

म्यानपावर व्यवसायलाई व्यवस्थित बनाउन भट्टराईलाई वैदेशिक रोजगार विभागमा पठाउने तयारी श्रम मन्त्रालयको छ । अहिले विभागले गर्ने कामकारवाहीमाथि जताततै प्रश्न उठ्ने गरेको छ ।

 

प्रकाशित मिति: May 24, 2018

प्रतिक्रिया दिनुहोस्