Logo
३ माघ २०८१, बिहीबार
(May 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असार ५ गते बिना एजेण्डा नै चिन जाँदै प्रधानमन्त्री ओली

काठमाण्डौ, जेठ १० : आउँदो असार ५ गते प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी देश चीनको राजकीय भ्रमणमा जाने भएका छन् । तर, भ्रमणको औपचारिक घोषणा भने गरिएको छैन । विगतमा भएका सहमति कार्यान्वयन गर्ने अर्को सहमति खोज्नका लागि प्रधानमन्त्री ओली चिन जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा विगत भएका सहमति तथा सम्झौता कार्यान्वयन लगायतका विषयमा छलफल हुने अधिकारीहरुले बताएका छन् । चीनले नेपालमा विद्युत प्रसारण लाइन, रेल मार्ग र सडक संजाल लगायतका क्षेत्रमा सहयोगको प्रतिवद्धता जनाएको छ ।

यसअलावा सहयोगका अन्य क्षेत्रको पहिचान गरी लगानी मैत्री वातावरण वनाउने र उच्च राजनीतिक स्तरमा भ्रमण आदान प्रदान गराउन नेपालले पहल गर्नु पर्ने छ ।चीन भ्रमणका बेला प्रधानमन्त्री ओलीले यसअघि भएको व्यापार तथा पारवहन सन्धिको कार्यान्वयनसहित तत्कालीन र दिर्घकालिन प्राथमिकताका आधारमा चिनिया सहयोग अभिवृद्धिका लागि पहल गर्नु पर्ने छ ।

२०७२ साल चैतमा प्रधानमन्त्री ओलीको भ्रमणका बेला भएका १० बुँदे सम्झौताको कार्यान्वयन सन्तोजनक छैन । त्यसबीच नेपालले बेल्ट एण्ड रोड ईनिशीएटिभ्स बिआरआई परियोजनामा हस्ताक्षर पनि गरिसकेको छ । यो पृष्ठभूमिमा प्रधानमन्त्री ओलीलाइ आफ्नो चीन भ्रमण सफल बनाउने चुनौति छ ।

प्रधानमन्त्री ओलीले गएको चैत अन्तिम साता अर्काे छिमेकी देश भारतको राजकीय भ्रमण गरेका थिए । ओलीको भारत भ्रमण लगतै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेइजिङको भ्रमण गरेका थिए । #फाइल तस्विर

प्रकाशित मिति: May 24, 2018

प्रतिक्रिया दिनुहोस्