Logo
३ बैशाख २०८२, बुधबार
(May 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्भवती बोकेको एम्बुलेन्स दुर्घटनाग्रस्त,एकको मृत्यु ४ घाइते

सल्यान : सल्यानबाट थारमारे जाँदै गरेको एम्बुलेन्स दुर्घटनाग्रस्त भएको छ । सल्यानमा भएको उक्त दुर्घटनामा एकजनाको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका वडा नं २ चिलढालेबाट गर्भवति बोकेर थारमारे जाँदै गरेको प्राथमिक स्वास्थ केन्द्र थारमारेको रा १ झ १३४ नम्बरको एम्बुलेन्स सोमबार दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि गर्भवतिका साथमा गएकि आफन्त ४४ बर्षीय जानकी बुढाथोकीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सल्यानले जनाएको छ ।दुर्घटनामा ४ जना घाइते भएका छन् ।

ट्राफिक प्रहरी कार्यालय सल्यानका अनुसार घाईते हुनेहरुमा १९ वर्षीय गर्भवती कल्पना चलाउने, ४६ वर्षका बल बुढाथोकी, ३५ वर्षीय डम्बरी बुढाथोकी र ४० बर्षका रामबहादुर बुढाथोकी रहेका छन् ।घाइतेहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: May 21, 2018

प्रतिक्रिया दिनुहोस्