निर्वाचन क्षेत्र विकास कार्यक्रमको मोडालिटी परिवर्तन गरिनेछ : प्रधानमन्त्री
काठमाडौँ, जेष्ठ ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद्लाई दिइँदै आएको निर्वाचन क्षेत्र विकास कार्यक्रमको मोडालिटी परिवर्तन गरिने बताएका छन् ।
नेकपा संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्दै उनले निर्वाचित र समानुपातिक सांसदबीच अन्तरविरोध नहुने गरी उपयुक्त मोडालिटी बनाएर लैजाने बताए ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका उनले निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिन नहुने संकेत पनि गरेका छन् ।
यसअघि सांसद् विकास कोषको रुपमा रकम दिइने गरे पनि अब त्यसलाई निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका रुपमा रुपान्तरण गर्नुपर्ने उनको भनाइ थियो ।
यसअघि २ सय ४० निर्वाचन क्षेत्र रहेकोमा अहिले १ सय ६५ मा झारिएको छ।