Logo
३० कार्तिक २०८१, शुक्रबार
(May 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ नीति र मापदण्डपछि यस्तो छ नेकपाको केन्द्रीय सदस्य मनोनयन तयारी

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यालयको टुङ्गो एक दुई दिनमै लगाउने भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालयहरु शुक्रबार अवलोकन भइसकेको छ ।

चार सय ४१ सदस्यीय केन्द्रीय समिति सदस्यमा नयाँलाई मनोनयन गर्न भने नीति र मापदण्ड बनाइने तथा त्यसको टुङ्गो एक दुई हप्तामा हुने जनाइएको छ ।

धूम्रबाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनसङ्गठनका कार्यालय गर्न सकिने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए ।

पैँतालीस सदस्यीय स्थायी कमिटी हुने नेकपामा पोलिटब्यूरो भने रहने छैन । नौ सदस्यीय सचिवालय भने गठन भइसकेको छ ।

यसैबीच नेकपा संसदीय दलको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज बिहान ११ बजे बस्ने जानकारी सांसद तथा पार्टी कार्यालय सचिव श्रेष्ठले दिए ।

प्रकाशित मिति: May 19, 2018

प्रतिक्रिया दिनुहोस्