Logo
१२ मंसिर २०८१, बुधबार
(May 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभा सदस्य कोमल वलि र धुर्मुसले सफा गरे वीर अस्पतालको चर्पी

काठमाण्डौँ : स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पतालमा सफाइ अभियान जारी राखेको बेला राष्ट्रिय सभा सदस्य सांसद कोमल वलिसँगै देशकै पुरानो सरकारी वीर अस्पतालको चर्पी सफा गर्न पुगीन् । कलाकार ,समाजसेवी तथा सरकारको सरसफाइ सद्भावना दूत समेत रहेका सीताराम कट्टेल ‘धुर्मुससँगै चर्चीत लोक गायिका तथा राष्ट्रिय सभाका सदस्य सांसद कोमल वलिले पनि अस्पतालको चर्पी सफा गरेकी हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा रहेका बेला नेपाल सरकारले सञ्चालन गरेकको सफाइ अभियान को प्रशंशा गरेका थिए । सरकारका सरसफाइ दूत धुर्मुसले भने, ‘सरकारले थालेको नमूना अभियान सफल बनाउन हामी पनि होमिएका छौँ, यसलाई देशभरी लैजाने योजना सरकारले बनाएको छ ।’ वीर हस्पिटल सफा गर्दै भनिन् सांसद वलिले भनिन् ‘ अब सरकारी अस्पतालको दुर्दसा यस्तो हुनेछैन म सरकारको ध्यानाकर्षण गराउनेछु ।’

धुर्मुस सुन्तली फाउन्डेसनले सुरु गरेको विर अस्पताल सरसफाई कार्यक्रममा सहभागी हुँदै राष्ट्रिय सभा सदस्य वलिले अब अस्पताल अहिलेकै अवस्थामा नचल्ने, आम जनताले अस्पताल भएको महसुस गर्ने बताएकी थिइन् ।वीर अस्पतालको छतमा करिव ५० टन जती फोहर अस्पतालले फालेको सफाई गर्दै धुर्मुस सुन्तलिसहीत सरसफाई अयियानमा सहभागि भएकी उनले भनिन ‘वीर अस्पताल जस्तो इतिहास बोकेको गुरु अस्पताल यति सम्म अव्यवस्थित होला भन्ने मैले सोचेकि थिइन ।’

‘स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा यस्तो लापरवाही गर्नु हुदैन अस्पताल फोहोरै फोहर देखीदा उपचार गर्न आउने विरामिलाई झनै अन्य रोग लाग्लान भन्ने पो डर पो देखीयो, त्यसैले सरसफाइले इज्जत, सुन्दर वातावरण बनाउन महत्वपुर्ण भुमिका खेल्ने सोचका अनुसार अभियान सञ्चालन गरेकोमा धुर्मुस सुन्तलिलाई धन्यवाद दिन चाहन्छु’ उनले भनिन ।

उनले भनिन् ‘मानिसको दिमागी फोहोरलाई सफा नबनाएसम्म यो अभियान सफल बनाउन गाह्रो हुनेछ तर पनि यस अभियानलाई सफल बनाउन कुनै पनि कसर बाँकी राखदैनौँ।’ स्वास्थ्य मन्त्रालयको योजनामा वीर अस्पताल सफा गर्न धुर्मुस–सुन्तलीसँगै बागमती सफाइ अभियन्ता, चक्रपथ सफाइ अभियन्ता र एयरपोर्ट सफाइ अभियन्ता खेम शर्मा नेतृत्वको १५ जनाको टोली पनि सहभागी थियो । धुर्मुसका अनुसार अबको १५ दिनभित्रमा वीरलाई सरसफाइकै नमूना अस्पताल बनाउने योजना बनाइएको छ ।

प्रकाशित मिति: May 17, 2018

प्रतिक्रिया दिनुहोस्