Logo
१२ मंसिर २०८१, बुधबार
(May 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवन मेडिकल कलेजमा उपचाररत पत्रकार खनालको निधन

चितवन : पत्रकार रुपेशचन्द्र खनालको ३२ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ । उच्च रक्तचाप, मधुमेहलगायतको समस्याका कारण चितवन मेडिकल कलेजमा उपचाररत खनालको उपचारकै क्रममा निधन भएको हो ।

नेपाल पत्रकार महासंघ चितवन शाखाका साधारण सदस्य र नेपाल प्रेस युनियन चितवनका केन्द्रीय पार्षद् खनालले भरतपुरको हाम्रो एफएम र कावासोतीको मध्यबिन्दु एफएममा समाचार शाखामा रहेर काम गरेका थिए । पछिल्लो समय राजनीतिक क्षेत्रमा क्रियाशील खनाल नेपाली काँग्रेस चितवनको क्षेत्रीय प्रतिनिधि र नेपाल विद्यार्थी संघ चितवनको उपाध्यक्षका रुपमा काम गर्दै आएका थिए ।

खनालको आज देवघाटमा अन्त्यष्टि गरिने परिवारले जनाएको छ । खनालको निधनप्रति नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा र नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले दुःख प्रकट गर्नुभएको छ ।

प्रकाशित मिति: May 17, 2018

प्रतिक्रिया दिनुहोस्