Logo
३ माघ २०८१, बिहीबार
(May 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न एमालेको माग

भक्तपुर : नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिलाई तत्काल पक्राउ गर्न माग गरेको छ । एमाले जिल्ला कमिटी भक्तपुरले नयाँ ठिमीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वउद्योग मन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले आक्रमणकारीलाई पक्राउ गर्न चौतर्फी दबाब दिँदा पनि अझै पक्राउ गर्न नसकेकोमा आक्रोश व्यक्त गरे ।

एमाले जिल्ला कमिटीका कावा अध्यक्ष बचन देउजाले एमाले र नेकपा (माओवादी केन्द्र)को एकता भाड्न षडयन्त्र गर्नेहरुको आक्रमणमा संलग्न हुन सक्ने भन्दै आक्रमणकारीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।गत वैशाख ८ गते गठ्ठाघरस्थित आफ्नै निवासमा अज्ञात समूहको आक्रमणबाट गम्भीर घाइते हुनुभएका एमाले भक्तपुर जिल्ला सचिवालय सदस्य एवं नगरप्रमुख श्रेष्ठमाथि आक्रमण भएको २३ दिन बितिसक्दा पनि मुख्य आक्रमणकारी पक्राऊ नपरेको एमाले जिल्ला प्रचार बिभाग प्रमुख श्याम बस्नेतले बताए ।यसैबीच,प्रहरीले घटनामा संलग्न रहेको भन्दै पाँच जनालाई पक्राउ गरेको र घटनामा प्रयोग भएको एक मोटरसाईकल ललितपुरको लेलेबाट नियन्त्रणमा जनाएको छ ।

प्रकाशित मिति: May 13, 2018

प्रतिक्रिया दिनुहोस्