Logo
१ मंसिर २०८१, शनिबार
(May 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ दिने भ्रमण पुरा गरी मोदी स्वदेश फिर्ता,सरकारले भन्यो–मोदीको भ्रमण सफल र ऐतिहासिक

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

शुक्रबार बिहान साढे १० बजे जनकपुर आएर नेपाल भ्रमण सुरु गरेका मोदीले विभिन्न धार्मिक स्थानमा पूजापाठ गर्नुका साथै महत्वपूर्ण राजनीतिक भेटघाट गरी शनिवार अपराह्न पौने पाँच बजे स्वदेश फर्किएका हुन् ।

शुक्रबार जनकपुर स्थित जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूजा गरेका उनी सोही दिन काठमाडौं आएका थिए ।

काठमाडौंको द्धारिका होटलमा दुई देशका प्रधानमन्त्री बीच छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भारतका प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीले संयूक्त रुपमा अरुण तेश्रो जलबिदुत आयोजनाको शिल्यान्यास समेत गरेका थिए ।

नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले विभिन्न धार्मिक स्थलमा गएर पूजापाठ समेत गरेका थिए ।

पहिलो दिन जानकी मन्दिरमा पूजापाठ गरेका उनले दोश्रो दिन मुक्तिनाथ र पशुपतिनाथको मन्दिरमा पूजाअर्चना गरेका थिए । शुक्रबार जनपुरमा नागरिक अभिनन्दन गरिएका उनलाई आजै उनलाई काठमाडौं महानगरपालिकाले पनि नागरिक अभिनन्दन गरेको थियो ।

प्रकाशित मिति: May 12, 2018

प्रतिक्रिया दिनुहोस्