Logo
३ बैशाख २०८२, बुधबार
(May 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रयाक्टर खोलामा खस्दा दुईको मृत्यु, एक गम्भीर घाइते

रोल्पा : रोल्पामा ट्रयाक्टर खोलामा खस्दा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य एक जना गम्भीर घाइते भएका छन्। सुलिचौर र खुंग्री सडक खण्डमा शुक्रबार बिहान खेलाडी चढेको बस र ट्रयाक्टर सुरुमा ठोक्किएका थिए। सुस्त गतिमा ठोक्किएका बस र ट्रयाक्टर साइड दिने क्रममा ट्रयाक्टर खोलामा खसेको प्रहरीले जनाएको छ।

ट्रयाक्टर सडकबाट करिव एक सय मिटर तल लुंग्री खोलामा खसेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेहरुमा सुनिल स्मृति गाउँपालिका–४ डोरवाडाका २८ वर्षीय शिववहादुर वली र सोही गाउँपालिका वाग्माका २९ वर्षीय तारा रोकामगर छन्। घाइते तुलसीपुर दाङका २६ वर्षीय किरण रानाको टाउकोमा चोट लागेको छ। रानाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: May 11, 2018

प्रतिक्रिया दिनुहोस्