Logo
२ माघ २०८१, बुधबार
(May 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गरे जनकपुर–अयोध्या नेपाल भारत मैत्री बससेवाको उद्घाटन

कठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा जनकपुर–अयोध्या नेपाल भारत मैत्री बससेवा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मोदीले अयोध्या र जनकपुरको नाता अविष्मरणीय रहेको बताए । उनले जनकपुर र अयोध्या जोडिनु ऐतिहासिक भएको बताए । उनले नेपालले आफूलाई दिएको न्यानो स्वागतका लागि धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले जनकको पालादेखि निरन्तर रहेको सम्बन्धलाई मोदीको भ्रमणले अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे । आजको दिन खुसीको दिन भएको उल्लेख गर्दै ओलीले मोदीलाई नेपाल र नेपालीको तर्फबाट स्वागत गरे। यसअघि मोदीले जनकपुर मन्दिरमा पूजाआजा गरेका थिए। यसलगत्तै बाह्रबिघा मैदानमा मोदीलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: May 11, 2018

प्रतिक्रिया दिनुहोस्