Logo
२८ पुस २०८१, आईतबार
(May 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली र प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान’ वार्ता सुरु मेटिएला तिक्तता

काठमाडौँ : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवटारमा वान टु वान वार्ता सुरु भएको छ ।

पछिल्लो समय पार्टी एकता र सरकार सञ्चालनका विषयमा दुई दलबीच बढेको तिक्तता मेट्न दुई नेताबीच वान टु वान वार्ता सुरु भएको हो ।

माओवादीको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको ट्वीटले आफूलाई गम्भीर बनाएको र यस विषयमा आफूले कुरा गर्ने बताएका थिए ।

यद्यपि, ओली र प्रचण्डको सचिवालयले भने आगामी बजेटका विषयमा छलफल गर्न दुई नेतावीच वार्ता हुन लागेको प्रचण्डको सचिवालयले जनाएका छन् । माओवादी अध्यक्ष प्रचण्डका प्रेश संयोजक जुगलले दुई नेताबीच बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल हुनसक्ने बताए ।

केही समययता पार्टी एकता र सरकार सञ्चालनमा एमालेले माओवादीसँग पर्याप्त छलफल नगरेर एकलौटी गर्न खोजेको भन्दै सरकार र पार्टीभित्रै चर्को असन्तुष्टि देखिन थालेको छ ।

पार्टी एकता गर्दा समान हैसियत र न्यायसंगत ढंगले हुनुपर्ने माओवादीको प्रस्तावलाई एमालेले बेवास्ता गरेको तथा सरकारले गर्ने महत्वपूर्ण निर्णयमा समेत सत्तारुढ दल माओवादी र विभागीय मन्त्रीहरुलाई समेत थाहा नदिने गरेको माओवादीको गुनासो छ । जसले गर्दा एकता घोषणामा समेत ढिलाई भएको छ ।

आजको भेटमा दुई नेताबीच पार्टी एकता, प्रधानमन्त्री केपी ओलीले गरेको ट्वीट र माओवादी अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलन छोड्न नसक्ने भनेर दिएका अभिव्यक्तिबारे कुराकानी हुने बताइएको छ ।

प्रकाशित मिति: May 9, 2018

प्रतिक्रिया दिनुहोस्