Logo
१० मंसिर २०८१, सोमबार
(May 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिक अस्थिरताले देशको विकास हुन नसकेको मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङको भनाइ

लमजुङ : प्रदेश-४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजोका दिनमा राजनीतिक अस्थिरताले देशको विकास हुन सकेको थिएन तर अब राजनीतिक अस्थिरता सकिएकाले विकासको ढोका खुलेको बताएका छन ।

गृहजिल्लामा तमुह्युला छोँज धी लमजुङ शाखाद्वारा आज आयोजित एक कार्यक्रममा उहाँले भने, “अहिले सिंहदरबारको शक्ति, गाउँ गाउँसम्म पुगेकाले स्थानीय सरकारले गाउँको अवश्यकता पहिचान गरी विकासको गति अघि बढाउन सक्छ, त्यसका लागि प्रदेश सरकार र संघीय सरकारले सहयोग गर्नुपर्छ ।”

मुख्यमन्त्री गुरुङले सात वटै प्रदेशमा बहुमतसहितको सरकार बनेको र संघीय सरकार पनि दुईतिहाइ बहुमतको भएकाले सरकार परिवर्तन गर्ने खेल सकिएको बताए । उहाँले स्थिर सरकार भएकै कारण विकासको वातावरण सिर्जजा भएकाले सबै मिलेर मुलुकको विकासका लागि दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रदेशसभाका लागि लमजुङबाट निर्वाचित गुरुङ मुख्यमन्त्री भएपछि जिल्लास्थित तमु ह्युला छोँजधिलगायत गुरुङ समुदायका विभिन्न आमा¬ तथा बुबा समूहले अभिनन्दन गरिएको अध्यक्ष ठाकुरप्रसाद गुरुङले बताए ।

प्रकाशित मिति: May 8, 2018

प्रतिक्रिया दिनुहोस्