Logo
३० कार्तिक २०८१, शुक्रबार
(May 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई विकासमा सदुपयोग गर्नुपर्ने : निधि

जनकपुरधाम, २४ वैशाख (रासस) ः नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई विकासमा सदुपयोग गर्नुपर्ने बताउनुभएको छ ।

जनकपुरधाम विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले भ्रमणलाई जनकपुर–अयोध्या सम्बन्ध विस्तार, हुलाकी सडकको दोस्रो चरणको विस्तार, पूर्वपश्चिम रेलमार्ग निर्माण, राजर्षि विश्वविद्यालयको भौतिक पूर्वाधार विकास र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का आयोजनामा सहयोग केन्द्रित गरी सदुपयोगको वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

फरक प्रसंगमा उपसभापति निधिले प्रदेश नं २ को प्रदेशसभामा नेपाली काँगेसलाई प्रतिपक्षी दलको मान्यता नदिएर प्रदेश सरकारले अधिनायकवादी शैली प्रस्तुत गरिरहेको आरोप लगाउनुभयो ।

प्रकाशित मिति: May 7, 2018

प्रतिक्रिया दिनुहोस्