Logo
२८ पुस २०८१, आईतबार
(May 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय संसद : प्रतिनिधि सभा नरहँदा पनि राष्ट्रिय सभाको बैठक बस्न सक्ने

काठमाडौं, बैशाख २३ : राष्ट्रिय सभाको नियमावलीले कुनै निश्चित विषयमा छलफलका लागि राष्ट्रिय सभाको मात्र बैठक बस्न सक्ने प्रावधान प्रस्ताव गरेको छ। संविधानको धारा ९३ मा राष्ट्रपतिले सदनको दुवै वा छुट्टाछुट्टै अधिवेशन आव्हान गर्न सक्ने व्यवस्था रहेको छ।

सोही व्यवस्थामा टेकेर राष्ट्रिय सभाको नियमावलीमा प्रतिनिधि सभा बैठक नबसेको अवस्थामा अथवा संसदको अधिवेशन अन्त्य भएका बेलामा समेत राष्ट्रिय सभा बैठक बस्न सक्ने प्रावधान गरिएको हो।

राष्ट्रिय सभा संविधानमा स्थायी सदनको रुपमा परिभाषित छ। राष्ट्रिय सभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले एक चौथाई सदस्यले लिखित रुपमा राष्ट्रपतिलाई आग्रह गरेमा बैठक आव्हान गर्नुपर्ने व्यवस्था नियमावलीमा राखिएको बताए।

यसरी आव्हान भएको अधिवेशनमा कुनै निश्चित विषयमा मात्र छलफल हुनेछ। राष्ट्रिय सभाको एक चौथाई सदस्य भन्नाले १५ जना हुन आउँछ।

संविधान अनुसार सरकारले संघीय संसदको अधिवेशन आव्हान र अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नेछ। तर राष्ट्रिय सभाको यो व्यवस्थाले राष्ट्रियसभालाई अविच्छिन रुपमा काम गर्न सहजता दिलाएको सभापति गुरुङले बताए।

प्रकाशित मिति: May 7, 2018

प्रतिक्रिया दिनुहोस्