Logo
१२ मंसिर २०८१, बुधबार
(May 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आपसी विवादका कारण तेजाप छर्किंदा एक युवा गम्भीर घाइते

चितवन: भरतपुर महानगरपालिका–२ बेलटाँडीमा आपसी विवादका कारण तेजाप छर्किंदा एक युवा गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान १ः३० बजे प्रेम सुनारको घरमा डेरा गरी बस्ने धादिङ नालाङ्ग घर भई नारायणगढस्थित मनकामना सुनचाँदी पसलमा काम गर्ने ३० वर्षीय सुजितकुमार विकले धादिङनै घर भई सोही घरमा डेरा गरी बस्ने ३५ वर्षीय वीरमान महर्जनलाई तेजाप छर्किए ।

एउटै कोठामा बसेर मादक पदार्थ सेवन गरिरहेका उनीहरुको बीचमा विवाद भएपछि विकले महर्जनलाई तेजाप छर्किएको प्रहरीले जनाएको छ । घाइते महर्जनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । महर्जनको आँखा, मुख र घाँटीमा तेजापले पोलेको छ । विकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति: May 7, 2018

प्रतिक्रिया दिनुहोस्