बार्सिलोना र रियल मड्रिड २-२ को बराबरीमा
एजेन्सि: स्पेनिस लालिगा अन्तर्गत भर्खरै सम्पन्न एलक्लासिकोमा बार्सिलोना र रियल मड्रिडले २(२ को बराबरी खेलेका छन । बार्सिलोना दोस्रोमा पुरै समय १० खेलाडीमा सिमित रहेपनि त्यसको फाइदा रियल उठाउन सकेन्।
खेलको १०अौं मिनेटमा लुइस स्वारेजले बार्सिलोनालार्इ सुरुवाती अग्रता दिलाएका थिए । १५अौं मिनेटमा क्रिस्टियानो रोनाल्डोले रियलका लागि बराबरी गोल फर्काए ।
पहिलो हाफको थपिएको समयमा सर्जियो रोबर्टोले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो। पहिलो हाफ १(१ को बराबरीमा रोकियो ।
दोस्रो हाफमा पुरै १० खेलाडीमा बार्सिलोना सिमित रहेपनि त्यसको फाइदा रियलले उठाउन सकेन् । दोस्रो हाफमा रियलले रोनाल्डोलार्इ बेञ्चमै राखेको थियो ।
५२अौं मिनेटमा १० खेलाडीमा सिमित भएपनि लिओनल मेस्सीले गोल गर्दै बार्सिलोनालार्इ २(१ को अग्रता दिलाए। ७२अौं मिनेटमा गेरार्थ बेलले बराबरी गोल फर्काए ।
घरेलु मैदानमा रियलविरुद्धको बराबरीसँगै च्याम्पियन बार्सिलोनाले ३५ खेलबाट ८७ अंक जोडेको छ । बार्सिलोनाले ला लिगको ३५ खेलमा २६ जित र ९ बराबरी खेलेको छ । लिगको तेस्रो स्थानमा रहेको रियल मड्रिडले ३५ खेलबाट ७२ अंक जोडेको छ ।