यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष कर्माचार्यसहित ५ पदाधिकारी पक्राउ
काठमाडौं : सेन्डिकेट कायम गर्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यसहित ५ पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । अत्यावश्यक सेवा अवरुद्ध गरेको अभियोगमा अपराध महाशाखाको टोलीले शनिबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।
कर्माचार्य आन्दोलन मूल समितिको संयोजक पनि हुन् । पक्राउ पर्नेमा कर्माचार्यसँगै उपाध्यक्ष विजय स्वाँर, बसन्त भण्डारी, धर्म धिमाल, किरण खड्का छन् ।
महासचिव सरोज सिटौला शुक्रबारदेखि नै प्रहरी नियन्त्रणमा छन् । आवश्यक सेवा ऐन विपरीत सार्वजनिक यातायात बन्द गरेकाले उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
महासंघले शुक्रबार सिन्डिकेट हटाउने सरकारी निर्णयको बिरोधमा सांकेतिक हड्ताल गरेको थियो । तर, सरकारले शुक्रबार नै सेवा रोक्ने संघ तथा समितिका पदाधकिारीलाई पक्राउ गर्न सुरु गरेको थियो ।
शुक्रबार राति नै महासंघले एक विज्ञप्ति निकालेर आफ्ना पक्राउ परेका व्यवसायीलाई छाड्न सरकारसाग माग गरेको थियो । शनिबार सााझसम्म पक्राउ परेका व्यवसायीलाई नछाडे २७ गतेदेखिको अनिश्चितकालीन हड्ताललाई अघि सार्ने योजना महासंघको थियो ।
यही विषयमा छलफल गर्न शनिबार सााझ जम्मा भएका महासंघका पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । योसागै सरकारले अत्यावश्यक सेवामा हड्ताल गर्नेलाई त्यसै नछाड्ने स्पष्ट सन्देश दिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादलले सिन्डिकेट हटाउने निर्णयबाट कुनै पनि हालतमा पछि नहट्ने बताइसकेका छन् ।