लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा, ६ गोल गर्दा पनि रोमा बाहिरियो
काठमाडौं: लिभरपुल सेमिफाइनलको दोस्रो लेगमा इटालियन क्लब एएस रोमासँग ४–२ गोलले पराजित हुनुका वाबजुद फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा ५–२ ले विजयी भएको लिभरपुलले समग्रमा ७–६ गोलले अघि रहदै फाइनलमा स्थान बनाएको हो । यसअघि रियल म्याड्रिडले जर्मन क्लब वायर्न म्युनिखलाई समग्रमा ४–३ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
खेलको नवौं मिनेटमा लिभरपुलका साडियो मानेले गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए । तर १५ मिनेटमा जेम्स मिल्नरले आफ्नै पोस्टमा गोल गरेपछि रोमाले बराबरी गोल गर्न सक्यो । तर २५ मिनेटमा लिभरपुलले अग्रता लियो। लिभरपुलका लागि विज्नाल्डनले दोस्रो गोल गरेका थिए ।
तर जेकोले ५२ मिनेटमा गोल गरेपछि रोमाले खेल दोस्रो पटक बराबरीमा ल्याए । नेल्गोलानले ८६ र इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरेपछि रोमाले ४–२ को जित हात पार्यो । तर जितका बाबजुद फाइनलमा पुग्न असफल भयो ।
अब लिभरपुल र म्याड्रिडबीच २६ मेमा फाइनल हुनेछ ।