पहिलो विकेन्डमा नै ‘एभेन्जर्स’ ले बनायो पाँच ठूला रेकर्ड
हलिउडको सुपरहिरो फिल्म ‘एभेन्जर्स:इन्फीनिटी’ वार ले पहिलो विकेन्डमा नै कयौं रेकर्ड आफ्नो नाम गरेको छ । यो फिल्म भारतमा वर्ष २०१८ कै सबैभन्दा ठूलो ओपनर बनेको छ । योसँगै अमेरिका र अन्य देशहरुमा पनि यसले कयौं ठूलो रेकर्ड बनाएको छ । एन्थोनी र जोइ रुसो निर्देशित फिल्ममा रोबर्ट डाउनी जुनियर, क्रिस इभान्स, क्रिस प्राट, क्रिस हेम्सवर्थ, बेनेडिक्ट कम्बरबेच, स्कार्लेट जोन्सन र मार्क रुफालोको अभिनय छ ।
फिल्ममा यी कलाकारले भिलेन चरित्रमा देखिएका कलाकार जोस ब्रोलिनको पन्जाबाट विश्वलाई कसरी सुरक्षित राख्छन् भन्ने देखाइएको छ ।
यस्तो छ ‘एभेन्जर्स’ ले बनाएको ५ ठूला रेकर्ड
- अमेरिकाको सबैभन्दा ठूलो विकेन्ड ओपनर फिल्म ‘एभेन्जर्स’ अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो विकेन्ड ओपनर बनेको छ । यस फिल्मले मात्र तीन दिनमा २५ करोड डलरको कलेक्सन गरेको छ । यसभन्दा अगाडि यो रेकर्ड ुस्टार वार्स स् द फोर्स अवेकन्सु को नाम थियो । यसले २०१५ मा २४।८ करोड डलरको कमाई गरेको थियो ।
- दुनियाँको सबैभन्दा ठूलो विकेन्ड ओपनर एभेन्जर्स इन्फीनिटी वारु दुनियाँको पनि सबैभन्दा ठूलो ओपनर हो । वर्ल्डवाइल्ड फिल्मले ६३ करोड डलर कमाएको छ । यसअघि ुफास्ट एण्ड द फ्यूरियसु को नाम यो रेकर्ड थियो, जसले फर्स्ट विकेन्डमा ५४ करोड डलरको कलेक्सन गरेको थियो ।
- अमेरिका र दुनियाँको सबैभन्दा ठूलो सुपरहिरो फिल्म
फर्स्ट विकेन्ड कलेक्सनको कुरा गर्ने हो भने ‘एभेन्जर्स’ दुनियाँ र अमेरिकाको सबैभन्दा ठूलो सुपरहिरो ओपनर फिल्म बनेको छ । - भारतमा वर्षकै सबैभन्दा ठूलो विकेन्ड ओपनर भारतमा ‘एभेन्जर्स’ ले ४ दिनमा १४७।२१ करोड रुपैयाँ कमाएको छ । फर्स्ट विकेन्डमा यसले ९४।३ करोड कमाउन सफल भएको थियो, जुन वर्ष २०१८ मा फर्स्ट विकेन्डमा कमाई गर्ने सबैभन्दा बढी राशि हो ।
फिल्मले पद्मावतु र बागी जस्ता फिल्मलाई पछाडि छाड्दै पहिलो दिननै ३१।३० करोड कलेक्सन गरेको थियो । यो वर्षकै सबैभन्दा बढी ओपनर बनेको छ । - भारतमा सबैभन्दा ठूलो हलिउड ओपनर ।